मानिसले आखिर आफुलाइ जति सुकै जान्ने/सुन्ने र ज्ञानी ठानेपछि कुनै पनि मानिस सबै बिषयमा भने पोख्त हुदैन । यस सन्दर्भमा अङ्ग्रेजीमा एउटा भनाइ पनि ‘नो बडी इज पर्फेक्ट’ । यसबाट के बुझिन्छ भने जन्मदेखि मृत्यु पर्यत्न मानिसले कतै न कतैबाट केही न केही सिक्दै आइरहेको हुन्छ । जसको निरन्तरता मृत्यु पर्यन्त हुन्छ । सिक्ने क्रममा यहा केहि मानिसहरुको बुझाइ आफुभन्दा ठूलाबाट मात्र सिक्नु पर्दछ भन्ने पनि रहेको हुन्छ । तर यथार्थमा आफुले नजानेका कुराहरु जो सुकै बाट पनि सिक्न सकिन्छ ।
kagh
दत्तात्रय नाम गरेका ऋषिका २७ वटा भन्दा बढी गुरु थापेका थिए, जसमा सर्प, माछा, पानी, वेश्या लगायत समेत पर्दछन् । यसै सन्दर्भमा दत्तात्रयले भनेका छन ‘जिव्रोका बसमा पर्नु हुदैन भन्ने माछाबाट सिके, अर्काको आश गर्नुहुदैन भन्ने वेश्याबाट सिकें’ उनको भनाइ अनुसार माछाले जिव्रोको स्वादलाइ मात्र ध्यान दिएर आहारा लिन खोज्दा बल्छीमा परेर ज्यान गुमाउनु पर्दछ, यसैगरी बेश्याले पनि जीवनभर अरुको आशा गर्दा गर्दै पुरै जवानी खेर फल्छिन र अन्तमा उनलाई कसैले बिहे नगरी बुढेसकालमा एक्लो जीवन बिताउनु पर्दछ ।
यसमा अर्को नेपाली उखान पनि जोड्दा उपयुक्त होला मुख हेर्ने ……..का दशवटा पोइ, मर्ने बेलामा कोही न कोही’। जसरी दत्तात्रय ऋषिले ज्ञान भनेको वेश्याबाट पनि लिनुपर्दछ भनेर पिङ्गला नाम गरेको वेश्यलाइ गूरु थापेका थिए त्यसरि नै हामीले पनि बिभिन्न कुराबाट केही न केही सिक्नु अवश्य पर्दछ ।
यसबारेमा चाणक्य नीतिमा यसरी बताइएको छ :
सिंहादेकं बकादेकं शिक्षेच्चत्वारि कुक्कुटात ।
वायसात् पञ्चशिक्षेच्च षट्शूनस्त्रीणि गर्दभात् ।।
सिंहवाट एक,बकुल्लाबाट एक र कुखुराबाट चार कुरा सिक्नुपर्दछ,कागबाट पाँच,कुकुरबाट छ,र गधाबाट तीन गुणा सिक्नु पर्दछ ।।
सिंहबाट सिक्नुपर्ने
कार्य सानो होस् या ठूलो जो गर्न लायक छ त्यसलाई एक प्रकारले प्रयत्न गरेर गर्नु उचित भन्ने कुरा हामिले सिहबाट सिक्न जरुरी छ ।
बकुल्लाबाट सिक्नुपर्ने :
बिद्वान मानिसले इन्द्रिय संयम गरेर देश,काल र बल सम्झेर सबै काम समान गनु पर्दछ । यो गुण बकुल्लाबाट सिक्नु पर्दछ
कागबाट सिक्नुपर्ने :
जो आज यौन छाडापन दिनहु बढ्दो छ । पश्चिमी देशहरुमा त पहिलाको जंङ्गली यूग नै बिर्साउने गरी जताततै जो संग पनि यौन सम्पर्क गने गर्छन । लुकेर मैथुन गर्नु,समय समयमा संग्रह गर्नु,सदा सावधान भएर रहनु र कसैमा विश्वास नगर्नु यी पाँच गुण कागबाट सिक्नु उचित हुन्छ ।
कुखुराबाट सिक्नुपर्ने :
उचित समयमा उठ्नु, रणमा उद्यत रहनु र बन्धुहरुलाई भाग दिनु र स्वयं आक्रमण गरेर भोजन गर्नु यी चार कुराबाट सिक्नुपर्छ ।
कुकुरबाट सिक्नुपर्ने:
धेरै नखाने शक्ति हुनु,थोरैले सन्तोष हुनु,गहिरो निन्द्रामा रहेता पनि झटपट उठ्नु, मालिकको भक्ति र शुरोपन आदि गुणहरु कुकुरबाट सिक्नु जरुरी छ ।
गधाबाट सिक्नुपर्ने:
थोरै थकाई लागे पनि भारी बोकिरहनु, जाडो गर्मिमा दृष्टि नदिनु, सधै सन्तुष्ट भएर हिड्नु यी तीन गुणहरु गधासँग सिक्नु उचित हुन्छ ।
- See more at: http://onlinepatrika.com/50010/#sthash.D4Wd4omQ.dpuf