असलसंस्कार, शिक्षा, संस्कृति र सभ्यताको परिचय दिँदा सर्वप्रथम देशप्रेमको भावना सिकाइन्छ। व्यक्ति नैतिक र चारित्रिक हुन स्वदेशप्रिय हुनैपर्छ। जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पवित्र मानिएको छ। पृथ्वी सबै प्राणीजगत्की आमा हुन्। प्राणाीकालागि आवश्यक जल, अन्न सबै धर्तीबाटै प्राप्त हुनेगर्छ। सबैशक्तिभन्दा अक्षुण्य शक्तिकारुपमा सर्वेश्वरी धर्तीलाई शास्त्रकारहरुले मानेकाछन्। धार्मिककृत्यमा सर्वप्रथम त्वमेव माता भनेर प्रार्थना, पुकार गरिन्छ। जन्म दिएर, स्तनपान गराएर, पहिलो शिक्षा दिएर आमाले सन्ततिलाई पहिलो आश्रय दिएकी हुन्छिन्, त्यस्तै धरणी, धर्ती, पृथ्वीमाताले सबै प्राणीप्रति दया र उदार स्वभाव व्यवहारतः प्रदर्शित गरेकी हुन्छिन्। पृथ्वीको अर्को नाम सबैलाई धारणा गर्ने हुँदा धरा पनि भन्ने गरिन्छ। धर्तीकी संस्मरण, जन्मदिने आमाप्रति देखाउने सदावहार सद्भावको अर्को नाम हो मातृआँैंशी : आमाको मुख हेर्नेदिन बैशाखकृष्णऔँशी।
पखेटा बलिया नभइसकेका चराचुरुङ्गीहरुले माउको संरक्षण पाएझैँ, नवजात बाच्छा बाच्छीहरुले दूध अमृतपान गरेर शरीर हुर्काएझैँ, सम्पूर्ण जीवात्माहरुलाई बल एवं निर्बल दुवै अवस्थामा मातृस्नेह आवश्यक पर्छ। सन्तान कुपुत्र वा कुसन्तान हुन सक्लान् तर कुमाता कदापि नहुने कुरा त धर्तीमा जोसुकैले कुल्चदा, फोहोर गर्दा, प्रदूषित बनाउंदा, भत्काई टुटाई गर्दा पनि धर्तीले कुनै प्रतिक्रिया नदिएबाट नै स्पष्ट हुन्छ। पूर्वीयदर्शनले आमालाई वात्सल्यप्रेमकी प्रतिमूर्ति मानेको छ। सम्पूर्ण धर्ती आमाको प्रतीक भएकाले बसुधाभित्र रहेका सबै प्राणीहरुलाई एकैपरिबार, कुटुम्बको रुपमा स्वीकार गरेको छ। बसुधैव कुटुम्बकम् पूर्वीयचिन्तन हो भने सारा धर्ती बातावरणीय दृष्टिले सफा, सुग्घर हुनुपर्छ भन्ने बिश्वभरिका सबैको मान्यता रहेको छ। सर्वेश्वर श्रीकृष्णका दुई पत्नी भूदेवी र श्रीदेवी हुन्। श्रीदेवीलाई सौभाग्यसहितकी चल्सम्पत्ति मानिन्छ भने स्थीरलक्ष्मी भनेकी भूदेवी अचल सम्पति नै हुन्। देवीका प्रतिमूर्तिहरु सीता, लक्ष्मी, गङ्गा आदि सबै धर्तीबाटै उदय भएका हुन्।
मातृवत्सला नवधाभक्तिको उदय गराउने माता देवहुती, कृष्णकी माता देवकी एवं यशोदा र सम्पूर्ण देवताहरु पैदा गर्ने अदिति एवं राक्षस स्वाभावका प्राणी आसुरीशक्ति पैदा गर्ने दिती पनि धर्तीकै प्रतिमूर्ति हुन्। देवस्वरुप राम, आदि चारभाइ पैदा गर्ने कौशल्यादेखि प्रहलादको जन्मदिने कयाधुसम्म सबै धर्तीकै प्रतिमूर्ति हुन्। शिवकी प्रिया शिवा, विष्णुप्रिया लक्ष्मीदेखि सृष्टिकर्ता ब्रह््माप्रिया सरस्वतीसम्म माताका प्रतिमूर्तिहरु हुन् यस अर्थमा चेतनशील प्राणी विशेषदेखि जड पदार्थ पंचतत्वको संरक्षिकाका रुपमा पनि पृथ्वी वा धर्तीमातालाई नै लिइन्छ।
पूर्वीय दर्शनको प्रारंभिकशास्त्र ऋग्वेदले अन्न उब्जाएर प्राणीरक्षा गर्ने, बस्त्रादिको कच्चापदार्थ उब्जाएर प्राणीहरुको पृष्ठपोषण गर्ने शरीर ढाक्ने, कार्यमा संरक्षण गर्ने धर्तीलाई पहिलो पूजा गर्नु पर्ने मान्यता राखेको छ। अग्निमा आहुती दिँदा सर्वप्रथम भू.स्वाहा भनिन्छ। मानिसहरुले अन्न ग्रहण गर्दा सर्वप्रथम भूदेवीलाई अर्पण गरेर मात्र गर्छन्। आधुनिक विज्ञानले धर्तीलाई प्रयोगशालाको रुपमा लिएको छ। धर्तीमा उत्खनन् भएका सारा पदार्थहरुको प्रयोग गरी विज्ञानजगत्ले चमत्कारपूर्ण प्रदर्शन गरेको छ। अथर्ववेदले भूमिलाई आमा र अन्य सबै जीवात्माहरुलाई सन्ततिका रुपमा हेरेको छ। रामायण जस्तो रसिलो काव्यले मातृभावलाई जीवन्त बनाएको छ। रचनाकार वाल्मीकिदेखि सन्त तुलसीदाससम्मले मातृभावको खुलेर चर्चा गरेकाछन्। रघुकुलका राघव विश्वका संरक्षक आदर्शपुरुष श्रीरामले जन्मलिएको कौशल्याको गर्भलाई सम्पूर्ण ब्रह्माण्डको पूर्वदिशा बनाएका छन्। ज्ञान, कर्म र उपासनाकी प्रतिमूर्ति कौशल्या, कैकेयी एवं सुमित्राका गर्भबाट ४ वेदस्वरुप चारभाइको जन्म भएको र यसलाई सम्पूर्ण धर्तीमा ४ दिशा भनी मानिएको छ।
महाभारतमा माता कुन्तीलाई मातृस्नेहको खरो उदाहरणको रुपमा स्पष्ट पारिएको छ। पूर्वीय वाङ्गमयमा मातृचर्चा सबैजसो स्थानमा भएकै पाइन्छ। जन्मदिने आमाको आशीर्वादले मानिसहरु जस्तोसुकै बिषम परिस्थितिबाट सहजै पार पाउनसक्ने हुन्छन्। शास्त्रले आमालाई तीर्थको रुपमा स्विकारेको छ। आमाप्रतिको उदारभाव भनेको तीर्थसेवा हो भनिएको छ। जीवित आमालाई हरतरहले खुसी, सुखी पार्ने सन्ततिको वाग्सिद्धि हुने कुरा शास्त्रहरुले वर्णन गरेकाछन्। आमाको संरक्षण गर्ने व्यक्तिले टाढाटाढाको तीर्थसेवा गरिराख्नु पर्दैन भनिएको छ। आमालाई सदैव वन्दना, प्रार्थना त गर्नु पर्छ नै, वृद्ध आमाबाबुको सेवा गर्ने श्रवणकुमारचरित्र पनि पठनीय छ।
आमाको मुख हेर्ने औँसीले प्रतीकात्मक रुपमा मातृस्नेह नै दर्शाउंछ। टाढा रहेका सन्ततिहरुले वर्षमा एकपटक भए पनि आमालाई मनपर्ने खाना, बस्त्र, उपहार, दक्षिणादिएर आशीर्वाद लेउन् भन्ने यसपर्वको मान्यता हो। जीवित आमा नहुनेहरुले यस दिन जलदान, पिण्डदान, सीदादान, गर्ने गर्छन्। मृत आमाहरुको संझनामा स्नेहभाव प्रकट गर्न अनेक तीर्थ, धामक्षेत्रमा जाने पनि चलन छ।
काठमाडौँ उपत्यकाको थानकोट नजिक मातातीर्थ कुण्डमा यसदिन विशेषमेला लाग्ने गर्छ। कपालमुण्डन गर्ने, श्राद्धादिकार्य गर्ने चलन त्यहाँ रहेको छ। मृत आमाहरुलाई यसदिन यसै कुण्डमा दर्शन मिल्छ भन्ने परम्परा रहेको पनि छ। सानाठूला दुईपोखरी रहेको त्यो कुण्डमा पहिले ठूलो चौर थियो। गाई गोठालाहरुले त्यहाँ गाईबस्तु चराउने गर्थे। यस्तो गर्दागर्दै आफ्नो खानेकुरा खाजा हराउन थालेछ। पछि के भएको होला भन्दाभन्दै ठूला मानिस, अभिभावकहरुले पनि साविकदेखि नै यहाँ गोठालाहरुका खाजा हराउने गरेको कुरामा बिश्वास गरेछन्। गाउंलेहरु मिलेर त्यसक्षेत्रमा खनेर कुण्ड बनाएछन्। यसरी माताथीर्थकुण्ड नामले प्रसिद्धि पाएछ त्यो स्थानले। ठूलो पोखरीमा स्नान गर्ने सानोचाहिँमा मृतआमाहरुको मुख हेर्ने चलन चलेछ। यो अद्यापि छंदैछ।
एकपटक त्यहाँ एउटा गोठालोले भात लगेर त्यस कुण्डमा हालिदिएछ, आमाको सम्झनामा हालेको भात मृतआमा प्रकट भएर खाएको दृश्यसमेत देखिन पुग्दा झन् बिश्वास बढेछ। एकपटक द्वापरयुगमा श्रीकृष्ण आमालाई खोज्दै यहाँ आइपुगेका, श्रीकृष्णले आफ्नी आमा देवकीले त्यहाँ स्नान गरिरहेको दृश्य देखिएको र त्यो दृश्य देखिएको दिन बैशाखकृष्ण औँसी परेकोले त्यसैबेलादेखि मातृऔँसीको रुपमा यहाँ आफ्नी आमाको नाममा श्रद्धाभाव प्रकट गर्नेहरुको घुइँचो चल्न लागेका कथाहरु पनि भेटिन्छन्। शास्त्रहरुमा गुमेकी आमा त्यहाँ भेटिन्छिन् भन्ने पौराणिक मान्यता रहेकाले पनि यसदिन आमाप्रति श्रद्धाभाव बढी देखिन्छ।
लेखक श्रीचिन्तन धार्मिक गुरु एवं संस्कृतिविद् हुनुहुन्छ
– अच्युतप्रसाद पौडेल