हरेराम कर्माचार्य
नैतिक र साास्कृतिक जनजीवनको स्तर माथि उठाउनलाई पिता–पुर्खाहरुले विविध किसिमका चाडवाड, ामाजिक रीतिरिवाजका परम्पराहरु व्यवहारमा उतारेका छन् । यस किसिमका परम्पराहरु आत्मसात् गर्नलाई न कुनै किसिमका धार्मिक सम्प्रदायका मान्यताहरु नै चाहिन्छन् न त मतमतान्तरका विचारहरु नै । यस किसिमका परम्पराहरुभित्र त राष्ट्रिय अन्तर्राष्ट्रिय सबै किसिमका मान्यता समेत अटाउाछन् ।
यस ब्रह्माण्डमा जुनसुकै जाति, जुनसुकै समूह वा जुनसुकै तहभित्रका नरनारी भए पनि आखिर आफूलाई जन्म दिने आमाबाबुहरुप्रति जसको पनि सहृदयता हुन्छ । यसै परिप्रेक्ष्यमा आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिन हाम्रा परम्परागत मान्यताहरु हुन् ।
बसन्त ऋतु (चैत्र–बैशाख) हरेक वर्ष बैशाख कृष्ण पक्ष औंशीलाई मातृ औंशी, आमाको मुख हेर्ने दिन अर्थात् मातृ दिवस र त्यस्तै वर्षा ऋतु (श्रावण–भाद्र) भाद्र कृष्ण पक्ष औंशीलाई पितृ औंशी, बाबुको मुख हेर्ने दिन अर्थात् पितृ सम्मान दिवस भनिन्छ ।
वास्तवमा आमाको मुख हेर्ने दिन भनेको ‘मातृ दिवस’ मनाउनु र बाबुको मुख हेर्नु भएको पितृ सम्मान दिवस मनाउनु हो । यस वर्ष तिथिअनुसार पितृ औंशी २० गते बिहीबार परेको छ ।
कसैका आमाबाबुहरु जीवित अवस्थामा छन् त कसैका आमाबाबुहरु दिवङ्गत भइसकेका हुन्छन् । तर आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनले जीवित र दिवङ्गत भएका दुवैलाई समेटिएको पाइन्छ । आफूलाई जन्म दिने, पालनपोषण गरी हुर्काउने र शिक्षादीक्षा दिने मातापिताका दिवङ्गत आत्माहरुप्रति सम्झना, श्रद्धा र कृतज्ञता प्रकट गर्नु हो । जीवित अवस्थामा रहनु भएका मातापिताको आज्ञा पालन गर्नु, सेवा गर्नु र उहााहरुलाई माया गर्नु जतिको गौरवमय कुरो अरु के हुन सक्छ र ?
बाबुआमा र गुरुलाई देवताको रुपमा मान्ने हाम्रो परम्परा पुरानो र महत्वपूर्ण छ । यसले हाम्रो समाजमा मातृ औंशी र पितृ औंशीले विशिष्ट स्थान ओगटेको छ ।
हाम्रा तत्वज्ञानी आचार्यहरुले ‘मातृ देवो भव’ (आमालाई देवतासरह सम्झनु) भन्ने सुक्तिहरु जुन प्रतिवादन गरे, त्यो हाम्रो जनजीवनमा तिनै सुक्तिहरु व्यावहारिकरुपमा चरितार्थ भएका छन् ।
बुबा भएकाहरुले मनाउने: बुबाले आफूलाई सधैं माया गरेको सम्झेर बुबाको सधैं भलो होस् भनी मन पर्ने लत्ताकपडा उपहार, मिठामिठा परिकार र फलफूल चढाएर सगुन दिई मुख हेर्ने गर्दछ । विवाह भइसकेका छोरीचेलीहरुले यस्तै यस्तै सामानहरु दिएर अझ नयाा विवाह भएका छोरीचेलीहरुले नयाा व्यवहार भनेर अझ बढी सामग्रीहरु राखेर श्रृङ्गारपटार गरी बुबाको मुख हेर्न आउाछन् र बुबाको आशीर्वाद लिने गर्दछन् ।
बुबा नभएकाहरुले गर्ने: बिहान सबेरै नुहाएर गाईको गोबरले घर लिपपोत गरी चोख्याई बुबाले गर्दा आफूलाई प्राप्त भएको कर्म सम्झेर बुबाको स्मृतिमा चामल, दाल, नुन, बेसार, घ्यू दक्षिणा आदि राखेर पुरोहितलाई बोलाई सिधा दान दिने गर्दछन् भने गच्छेअनुसार धेरैजसोले काठमाडौं गोकर्णेश्वर महादेवको मन्दिरमा गई आफ्ना दिवङ्गत पिता–पुर्खाहरुको सम्झनामा सिदा दान, पितृ तर्पण तथा पिण्डदान आदि गर्दछन् । गोकर्णेश्वर महादेव मन्दिरमा गई पिण्डदान गर्दा पितृहरुले सोझै हात थापी लिने भनी जनविश्वास रहेको छ ।
गोकर्णेश्वर महादेवको मन्दिर काठमाडौं चाबेलबाट दस किलोमिटर उत्तरपूर्व सुन्दरीजल जाने बाटो गोकर्ण वनको उत्तर पश्चिम कुनाको बागमती नदीको किनारमा अवस्थित छ ।
गोकर्णेश्वर बारे: हिमवत् खण्डको महात्म्य, श्री स्वस्थानी ब्रत कथा र अन्य धार्मिक शास्त्रहरुमा उल्लेख भएअनुसार भगवान महादेवले वन विहार गर्न मत्र्यलोकमा हिंडेपछि ब्रह्मा, विष्णु आदि देवताहरुले महादेवलाई कैलाशमा नपाउादा आफ्नो योगबल र ध्यान दृष्टिले हेर्दा महादेवले मृगको रुप लिई गोकर्णको वनमा विचरण गरिरहेको कुरा थाहा पाई खोज्दै जाादा नभन्दै गोकर्णको वनमा पुगेपछि त्यहाा मृग रुपधारी महादेवलाई फेला पारी त्यसको सिङलाई ब्रह्मा, विष्णु र इन्द्र तीनजनाले समातेर तानातान गर्दा त्यो सिङ भााचिएर तीन टुक्रा भयो, तर महादेव त्यहााबाट अलप हुनु भयो । पछि महादेवको आज्ञाअनुसार ती तीनवटा टुक्रा मध्येको इन्द्रको हातमा परेको टुक्राको टुप्पाको भाग स्वर्गमा स्थापना गरियो, विष्णुको हातमा परेको फेदको भागको टुक्रा पातालमा स्थापना गरियो र ब्रह्माको हातमा परेकोमध्ये भागको टुक्रालाई मत्र्यलोकको नेपालभूमि भाद्र कृष्ण औंशीका दिन गोकर्णमा गोकर्णेश्वर महादेवको नामले स्थापना गरियो ।
अति प्राचीन एवम् प्रख्यात गोकर्णेश्वर महादेवको मूर्तिलाई ई.सं. १५८२ मा मल्ल राजा मानदेव र जयप्रकाश मल्लको पालामा तीनतले मन्दिर निर्माण गरी राखिएको कुरा इतिहासमा पाइन्छ । त्यसै बेलादेखि गोकर्णमा बसी जलदान, पिण्डदान गर्ने चलन बस्यो ।
भाद्रकृष्ण औंशीलाई कुशे औंशी पनि भनिन्छ । हिन्दू वैदिक धर्ममा कुशे औंशीको विशेष महत्व छ । पितृ श्राद्धकार्यमा कुशको प्रयोग गरिन्छ । वर्ष दिनका लागि आवश्यक कुश मन्त्रोच्चारण गरी उखेलेर पुरोहितले आफ्ना जजमान कहाा पुर्याउने गर्दछन् । कुश एक प्रकारको घाास तथा सिरु वर्गमा पर्ने वनस्पति हो ।
भगवान विष्णुको एक अंश मानिने वर्षभरिमा यो एक दिन घाास अवतार कुश उखेल्न हुने भएकोले यो दिनलाई कुशे औंशी भन्दछन् ।
जालन्धर नाम गरेको नास्तिक दैत्यले देवताहरुलाई बराबर दु:ख दिइरहने हुादा जालन्धरको तेजोवध गर्नलाई भगवान विष्णुले जालन्धरको पत्नी वृन्दालाई भ्रममा पारेर उनको सतित्व हरण गरिदिादा वृन्दाले रीसले मन थाम्न नसकेपछि उनले भगवान विष्णुलाई ढुङ्गा, रुख, झार र घाास बन्नु भनेर श्राप दिइन् ।
वृन्दाले यसरी सराप्दा भगवान विष्णुलाई ढुङ्गाको रुपमा शालीग्राम, रुखको रुपमा पीपल, झारको रुपमा तुलसी र घाासको रुपमा कुश हुनु पर्यो । त्यसैले यी चार कुरामध्ये कुश आफ्ना दिवङ्गत पितृहरुको सम्झनामा सिदा दान, पितृ तर्पण तथा पिण्डदान आदि कार्यका लागि प्रयोग हुने गर्दछ । श्राद्ध कार्यमा यसको प्रयोग गरिन्छ ।
हाम्रो जनजीवनमा तिनै सुक्तिहरु व्यावहारिकरुपमा चरितार्थ भएका छन् ।
मातृदेवो भव:
पितृ देवो भव: ।।