मनलाई पगाल्ने आखिर मनकै तातोमा न हो !
सुःख एउटा मा त दुःख अर्को पाटोमा न हो !
सुःख एउटा मा त दुःख अर्को पाटोमा न हो !
आकाश भ्रम हो, शून्यता हो, नगर लोभ
जति उफ्रे पनि तर टेक्ने त, माटोमा न हो !
मागेर हुन्न, चाहेर हुन्न ! पाउने आखिरमा
जे दियौ, जति दियौ त्यसकै साटोमा न हो !
एक्लै आयौ यो दुनियाँमा, जाने पनि एक्लै हो
भेट्टिने अनि छुट्टिने त यही बाटोमा न हो !
तर्क आ–आफ्नै छन्, बहाना अनेक छन् संसारमा
तरपनि युद्ध सधैं कालो अनि रातोमा न हो !
ईश्वर बलामी
२०१६ ०२ ११