कति पटक पीरमा बसेको छु।
कति पटक भीरमा बसेको छु।।
कति पटक भीरमा बसेको छु।।
मेरो वसन्त तिमी आऊन,
म यहाँ अल्झिएर शिशिरमा बसेको छु।।
अनन्त अधेँरीले कैद, मौन शिविरमा आऊ
खोल बन्द ढोका, म तस्विरमा बसेको छु।।
स्वतन्त्र छौ तिमी उड पन्छी झैँ
म यहाँ अल्झिएर जनजिरमा बसेको छु।।
नसोध के हुन्छ तिमीबिना एक्लै मलाई
माछा झैँ कति पटक झीरमा बसेको छु।।
ईश्वर बलामी