वैशाख १२, २०७२ ! विशेषत लोकतन्त्र जन्मिएको दिनको दोस्रो दिन भनेर बुझिन्थ्यो । तर केवल एकै झट्का पनि काफी रह्योः परिवर्तनको लागि । अबदेखि वैशाख १२ गतेको आfनो परिचय बनेको छ । मध्यान्ह ११ बजेर ५६ मिनेट ! नेपाल र नेपाली मनमन सम्भवतः सर्वाधिक यो मितिले हल्लायो र अभैm पनि हल्लाइरहेको छ । अभैmपनि निरन्तर पराकम्पनहरु आइरहेका छन् । कहिले कता? कहिेल कता? भएर पराकम्पनहरु गए पनि हल्लाउने त मन नै रहेछ ।
यस्तै प्रकारका अनेकानेक तर्कनाहरुले मनमा ड्याnग्रो ठोक्ने गर्छ अचेलभरि । निर्मलालाई सोच्नको अन्य धेरै विषयहरु नभएका भने होइनन् । छोरा छ- रहरलाग्दो उमेरको, जीवनसाथी छ-माया गर्ने सायद आपैm भन्दा धेरै, ख्याल गर्ने अनि सदैव आशाहरुलाई जीवन्त बनाउन सिकाइरहने ! मन बुझाउने बाटा नभएको भने होएन तरपनि सबै कुराहरु यहि भूकम्पतिरै विषयान्तर भएका छन् यतिखेर । अनिश्चित, अनिश्चित ।
भूकम्प गएपछि दिनहुँजसो नै उस्तै कुरा हुन्छन् । एकैप्रकारको अनि एकैथरिको । माया हो कि, चिन्ता हो कि, डर हो कि, सपना हो ! उस्तै उस्तै कुराहरु । घरको दुःख देशको जस्तै । देश दुखेको बेला घर उभानो कसरी पो रहन्थ्यो र ?
छोरा नियमित जस्तै स्कूल जान थाली सक्यो । दिनहुँ स्कूल जानु-आउनु, गृहकार्य गर्नु, खेल्नु आदि आदि उनको दैनिकी पहिलेजस्तै बनिसकेको थियो । वर्षायामको मध्य समय छ। पानी बेस्सरी घनघोर वर्षिरहेको छ । हावाहूरी उस्तै गरि त्यसमाथि चट्याng पनि । नर्मला सोच्दै थिइ- मानिसले प्रकृतिलाई सम्पूर्णतः जान्न सायद असम्भव छ । दूर दराज गाँउहरुमा मनहरु कति आक्रान्त होला ? सायद हामीभन्दा धेरै धेरै गुणा बढी ।
पानीमा निथ्रुक्क रुझेर निर्मलाको बुढा पनि घर आइपुग्यो । छोराको बारेमा सामान्य जानकारी लिई खाना खान थाले दुवैजना । भूकम्पले घर लिएर गएदेखि पर्दा पारी सुत्ने गरेको छोरा सुतिसकेको छ । उसलाई जमिन हल्लाउने कुराले सदैव जिज्ञासु बनाइराख्छ । कहिले, कतिबेर अनि कति पटक । यस्तै यस्तै । निर्मलाको बुढाबुढी केही सामान्य कुराकानी पछि पर्दा वारि सुत्ने तरखरमा थिए । सुत्ने बेलामा सदा भैm निर्मलालाई अब केहि दिनमा भूकम्प बन्द हुने, सानो तिनो, थोरै आउने जस्ता कुराहरु सुनाई ढाडस दिदै थिए- उनका श्रीमान् । यतिखेर निर्मलालाई यहि कुराले पनि मनमा आशा रहिरहन्थ्यो- भत्केको घर पूनः निर्माण हुने, मोडिएको यात्रा पुनः नयाँ मोडमा सुरु हुने । आशाहरुको नयाँ विहानी हुने । नयाँ घामको किरणहरु लिएर । त्यतिकैमा नजिकै आवाज आउँछरु । भूईमाथिको गिलास, गिलास माथि सानो गिलास अनि त्यसको छानो बनेर बसेको स्टीलको थाल लडेको थियो नजिकै, हाम्रो सिस्मोमिटर । गाँउघरको सिस्मोमिटर । मनलाई हल्लाउने भूकम्पको जनाउ दिदै थियो सिस्मोमिटर अभैmपनि ।
ईति
2015-7-8