दुःखमा चिन्ने हो आफन्तले, आफ्नोमान्छे !
जिन्दगी हो गोल चक्र, बुझ्दैन किन मान्छे ?
जिन्दगी हो गोल चक्र, बुझ्दैन किन मान्छे ?
आपत विपत आई पर्दा उल्टो खोइरो खन्छ
सान्त्वना र सद्भाव आखिर किन दिदैंन मान्छे ?
जिवन मर्नु न बाँच्नु भै शैय्यामा छट्पटिदा
के भो र तिमीलाई भनि सोध्दैन, किन मान्छे ?
भूल हुन्छ जिन्दगीमा अनायसै कसैको
सच्चिने अनि सुध्रिने मौका किन दिंदैन मान्छे ?
अवरोहमा उल्लास मनाउँछ, आरोहमा दाहा
यस्तो स्वभाव आखिर किन, बदल्दैन मान्छे ?
प्रगतिको पथमा कोही बढ्न खोज्दा अगाडी
जानी जानी खुट्टा किन तान्ने गर्छ मान्छे ?
दुःखमा चिन्ने हो आफन्तले, आफ्नोमान्छे !
जिन्दगी हो गोल चक्र, बुझ्दैन किन मान्छे ?
कैलाश मैनाली